कोरोना अपडेट: थप ३ हजार १०८ जनामा संक्रमण, २५ जनाको मृत्यु

नेपालमा मंगलबार थप ३ हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ८३६ वटा पिसिआर परिक्षणका क्रममा २ हजार २०२ र ४ हजार २९९ एन्टीजेन परिक्षणका क्रममा ९०६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख २१ हजार ६०२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप २५ कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म ९ हजार ६०७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ५९५ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ३४ हजार ९२७ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

नेपालमा अहिलेसम्म ३४ लाख ८६ हजार ३५४ वटा पिसिआर र २ लाख ७० हजार ९६१ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार