काभ्रेमा बोधिचित्तको रूख काटी घरमा बम राखेर त्रसित पार्दै अज्ञात समूह

काभ्रे जिल्लाको रोशी गाउँपालिकामा अपरिचित समूहले बुद्धचित्तको बोट फडानी गरेको र स्थानीयको घरको ढोकामा बम राखिएको पाइएको छ ।

जिल्लाको रोशी गाउँपालिका-५ नागवेली कोल्दोङमा ठगुरानी लामाको घरमा बम राखी बुद्धचित्त मालाको बोट फाडिएको हो ।

बिहीबार राती अपरिचित समूह आइ स्थानीयको तीन घरमा बम राखी बुद्धचित्त मालाको रुख काटेको स्थानीयले जानकारी दिए । स्थानीय ठाकुरानी तामाङको हरेक वर्ष करोडौंमा बिक्री गर्दै आएको मालाको रुख अपरिचित समूह आइ काटेर फरार भएका छन् ।

मुल मालाको पुरानो बोट काटेर तीन घरको आगनमा ४ वटा सकेट बम राखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । अहिले घटनास्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाको टोलीले अनुसन्धान गरिरहेका छन्। नेपाली सेनाले बम डिस्पोज गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले बताइन् ।

बुद्धचित्त पनि भनिने बोधिचित्तको फल बौद्ध धर्मावलम्बीहरुले जप्ने मालामा प्रयोग हुने गर्दछ । यो महँगो मूल्यमा बिक्री हुने गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार