अमेरिकाको न्युयोर्कमा भूकम्प

अमेरिकाको न्युयोर्कमा शुक्रबार भूकम्प गएको छ ।

स्थानीय समयासार शुक्रबार बिहान १०:२३ बजे ४.८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ ।

न्युयोर्क सहरबाट करिब ६४ किलोमिटर टाढा न्युजर्सीनजिक केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का बोस्टन र फिलाडेल्फियासम्म महसुस गरिएको छ ।

यसबाट अहिलेसम्म कुनै प्रकारको क्षतिबारे जानकारी नआएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच भूकम्पपछि न्युयोर्क सिटीले अलर्ट जारी गर्दै परकम्प आउनसक्ने चेतावनी दिएको छ । यूएस जियोलोजिकल सर्भेले पनि कम्तीमा एउटा परकम्प आउनसक्ने अनुमान गरेको छ ।

न्युयोर्क सिटीले न्युयोर्कवासीलाई घरभित्रै बस्न सुझाव दिएको छ भने कोही घाइते भएमा ९११ मा फोन गर्न आग्रह गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार