१९ जना इन्सपेक्टर डीएसपीमा बढुवा (नामावली)

नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा भएका छन् ।

बुधबार नेपाल प्रहरीको बढुवा समिति सचिवालयको बैठकले १९ इन्सपेक्टरलाई डीएसपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

गृहमन्त्री र प्रहरी महानिरीक्षकबीच छलफल र सहमति भएपछि उनीहरुको बढुवा भएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरु २०७० सालका प्रहरी निरीक्षकमा भर्ना भएका थिए । त्यतिबेला भर्ना भएका ९८ जना प्रतिस्पर्धीमध्येबाट रिक्त दरबन्दीमा १९ बढुवा भएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार