अपडेट : त्रिशुली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु

काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका– ५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको हो ।

ट्याक्सीमा चालकसहित पाँच जना सवार थिए । मृत्यु हुनेमा एक बालिका, दुई पुरूष र दुई महिला छन्।

मृतकहरू गोरखा नगरपालिका–७ का रहको बताइएको छ। गोताखोर टोली परिचालन गरी ट्याक्सी निकाल्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। विस्तृत विवरण आउन बाँकी छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार