दक्षिण अफ्रिकामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ ।

बोत्स्वानाको राजधानी गाबारोनाबाट दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तस्थित मोरिया जाँदै गरेको बस बिहीबार दिउँसो जोहानेसबर्गभन्दा ३ सय किलोमिटर वर रहेको एमममत्लाकाला पुलबाट खसेको समाचार संस्था एशोसियट प्रेसले जनाएको छ ।

पहाडमा ठोक्किएर पुलबाट करिब ५० फिट तल खोँचमा बस खसेपछि आगलागी भएको थियो । दुर्घटनामा घाइते एक ८ बर्सिया बालिकाको भने जीवितै उद्धार गरिएको छ।तर, उनको अवस्था गम्भीर रहेको छ । उनीहरू इस्टर पर्व मनाउन मोरिया जाँदै थिए ।

लिम्पोपोकी यातायात मन्त्री सिन्दसिवे छिकुंगा पनि घटनास्थल पुगेकी थिइन् । अझैपनि बसमा केही यात्रुहरू च्यापिएको हुनसक्ने उद्धारमा खटिएका अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।

पुलमा पुगेपछि चालकले नियन्त्रण गुमाएपछि बस पुलबाट खसेको थियो । दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार