दिल्ली क्यापिटल्सविरूद्ध राजस्थान रोयल्सको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग ९आइपिएल०मा दिल्ली क्यापिटल्सविरूद्ध राजस्थान रोयल्सले रोमाञ्चक जित हात पारेको छ।

गएराति सवाई मानसिंह स्टेडियम जयपुरमा भएको खेलमा राजस्थानले दिल्लीविरूद्ध १२ रनको रोमाञ्चक जित निकालेको हो ।

जितको लागि १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १७३ रन बनायो । दिल्लीका ट्रिस्टन स्टब्सले २३ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए । ओपनर डेविड वार्नर ३४ बलमा ५ चौका र ३ छक्कासहित ४९, मिचेल मार्श २३ र ऋषभ पन्त २८ रनमा आउट भए ।

राजस्थानमा नान्द्रे बर्गर र युजभेन्द्र चहलले २/२ विकेट लिए ।

त्यसअघि घरेलु मैदान जयपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनाएको थियो । रियान पराग ४५ बलमा ७ चौका र ६ छक्कासहित ८४ रनमा नट आउट रहे ।

रविचन्द्रन आश्विन २९, ध्रुब्र जुरेल २०, यशस्वी जैसवाल ५, जस बटलर ११ र सञ्जु स्यामसन १५ रनमा आउट भए ।

दिल्लीका खलिल अहमद, मुकेश कुमार, एनरिच नोर्किया, अक्षर पटेल र कुलदीप यादवले १र१ विकेट लिए ।

राजस्थान र चेन्नई दुबैको ४/४ अंक छ । चेन्नई नेटरनरेटको कारण शीर्ष स्थानमा छ ।

आइपिएलको जारी सिजनमा राजस्थानको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा उसले लखनउ सुपर जायन्ट्सलाई २० रनले पराजित गरेको थियो।

दिल्लीको भने यो लगातार दोस्रो पराजय हो । पहिलो खेलमा पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार