सुनकोशीमा बेपत्ता दुईजनाको शव भेटियो, एक बालक अझै बेपत्ता

गाईघाट । होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता भएका दुई बालबालिका मृत्यु भेटिएका छन् । उनीहरू आइतबारदेखि हराएका थिए ।

जसमा बुधबार त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बस्ने वर्ष ९ की रेखा मगरको शव मृत अवस्थामा छन् भने मंगलबार सोही ठेगाना बस्ने वर्ष ६ को रिदम मगरको शव मृत अवस्था फेला परेको थियो । रेखाको शव उदयपुरको त्रियुगा नगरपालिका २४ स्थित सिम्ले नजिक दुर्गे ढुङ्गामा फेला परेको र रिदमको शव खोटाङको बाराहापोखरी गाउँपालिका वडा नम्बर २ टप्पुभन्ने स्थानमा फेला परेका थिए ।

अझै एक ९ वर्षका लोकचन्द्र मगर बेपत्ता रहेका छन् । होली खेल्दै सुनकोशीमा नुहाउने क्रममा बेपत्ता भएका थिए । प्रहरीले बेपत्ता बालकको खोजी कार्य जारी रहेको बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार