पाल्पामा घाँटी रेटेको अवस्थामा युवतीको शव भेटियो

पाल्पामा एक युवतीको घाँटी रेटेर हत्या भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ काराम्दीकी १९ वर्षीया पद्‍मा सुनारको विभत्स तरिकाले हत्या भएको अवस्थामा शव फेला परेको हो ।

मंगलबार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी ती युवतीको धारिलो हतियारले शरीरका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको अवस्थामा भेटिएको स्थानीयले बताएका छन् ।

नुहाउन गएकी छोरी घर फर्किन ढिलो गरेपछि खोजी गर्ने क्रममा शव फेला परेको आफन्तले बताएका छन् । उनी स्थानीय शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेन्द्र चन्दले घटना साँझपख भएकोले प्रहरीले घटनास्थलको सुरक्षा दिएर राखेको र बिहानबाट अनुसन्धान सुरू गरिएको बताए। प्रहरी उपरीक्षक चन्दका अनुसार अनुसन्धानको लागी भैरहवाबाट कुकुर घटनास्थल पुगिसकेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार