इलाम-२ मा एकीकृत समाजवादीका मत शून्यउम्मेदवारलाई शून्य मत

शनिबार भएको उपनिर्वाचनअन्तर्गत इलाम २ को मतपरिणाम आउन सुरु गरेको छ । प्रारम्भिक मतपरिणामअनुसार, नेकपा एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राईले शून्य मत पाएका छन् ।

फाकफोकथुम गाउँपालिकाका एक हजार ५४१ मत गन्दा नेपाली कांग्रेसका उमेदवारले अग्रता कायम गरेका छन् । कांग्रेस उमेदवार डम्बर खड्काले ६५७ मत प्राप्त गरेका छन् । दोस्रो नम्बरमा रहेका नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङले ५३४ मत ल्याएका छन् ।

यस्तै, स्वतन्त्र उमेदवार डकेन्द्र थेगिमले मुढा चिह्नमा १८७ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार मिलन लिम्बूले ११५ मत ल्याएका छन् ।

१९ जना उम्मेदवारमध्ये एकीकृत समाजवादीका जीतबहादुर राईसहित पाँच जना उम्मेदवारले शून्य मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लक्ष्मी गुरूङले ४ मत प्राप्त गरेका छन् । जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले ३ मत प्राप्त गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार