प्रधानमन्त्रीको स्पष्टीकरण : सहकारीको बचत हिनामिनामा रविको कुनै संलग्नता छैन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता नरहेको दाबी गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा गृहमन्त्री लामिछानेको विषयमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।

‘उहाँ सहकारीको सञ्चालक, लेखा, ऋण समिति लगायत कर्मचारी लगायत कुनै जिम्मेवारी र भूमिकामा नरहेको। अदालतमा विचाराधिन मुद्दामा पनि उहाँ जोडिएको देखिँदैन,’ उनले भने।

साथै, उनले लामिछानेविरुद्ध परेको जाहेरीमा पनि कुनै प्रमाण र आधार नभेटिएको दाबी गरे। ‘उक्त जाहेरिमा सहकारी हिनामिनामा मुछिएको कुनै प्रमाण र आधार छैन। यस्तो प्रमाण र आधारबिनाको जाहेरी दर्ता गर्नु आवश्यक नै हुँदैन, सामान्यतः,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले सहकारी अनियमितता प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नुनपर्ने भनेर प्रहरीले नै ब्रिफिङ गरेको बताएका छन् ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उठाएको विषयमा संसदमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीको बचाउ गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार