अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौला

सरकारले अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलालाई सरुवा गरेको छ । गृहमन्त्रालयमा कार्यरत निरौलालाई सरकारले अध्यागमन विभागमा लगेको हो ।

अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङलाई अख्तियारले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेपछि उनी निलम्बित छन्। तामाङले मेलम्ची खानेपानी आयोजनोको बोर्ड सदस्य हुँदा भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।

तामाङ निलम्बन भएकाे रिक्त स्थानमा निरौलालाई लगिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार