नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक आचार्य बर्खास्त

नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य पदबाट बर्खास्त भएका छन् । बैंकका उच्चपदस्थ महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको अभियोगमा उनलाई बर्खास्त गरिएको हो ।

बैंकको निर्णयमा राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन, २०७४ समेत मिलाइएको रूपमा) को विनियम १४५ को खण्ड (ख) को (१) बमोजिम भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी आचार्यलाई मंगलबारदेखि सेवाबाट हटाइएको उल्लेख छ।

गत पुस २७ गते राष्ट्र बैंकले भक्तपुरको नगरकोटस्थित एक होटलमा तनाव व्यवस्थापनसम्बन्धी दुईदिने आवासीय कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्याक्रममा आचार्यले महिला कर्मचारीमाथि दुर्व्यवहार गरेका थिए । तालिम सकिएपछि आयोजित रात्रिभोजमा संलग्न भइरहेका बेला आचार्यले दौडिएर ती उच्चपदस्थ महिला कर्मचारीलाई पछाडिबाट अंगालो हालेका थिए।  

आचार्यले आफूमाथि दुर्व्यवहार गरेको भन्दै पीडितले निवेदन दिएपछि घटनाबारे राष्ट्र बैंक आफैँले छानबिन गरिरहेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार