चलचित्र ‘वानर सेना’को प्रिमियर

नेपाली चलचित्र ‘वानर सेना’को प्रिमियर शो भएको छ । शुक्रबार काठमाडौंमा प्रिमियर शो भएको हो ।

चलचित्र ‘वानर सेना’ आजदेखि प्रदर्शनमा आएको हो । चलचित्रमा प्रेम र द्वन्द्वको मिश्रण छ । अर्पण गिरीले निर्देशन गर्नुभएको चलचित्रमा उहाँसँगै आरजु प्रसाईं, किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किसनबाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साह, कमला बिष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रको प्रिमियर शोपछि बोल्दै अभिनेता एवम् शोभित बस्नेतले सम्पूर्ण नेपाली चलचित्रलाई आफूले मन पराउने र नेपाली चलचित्रलाई साथ र सहयोग गर्न आवश्यक रहेको बताए ।

निर्देशक गिरीले नै लेखेको चलचित्रमा विनोद सापकोटाको छायाङ्कन, जोन तामाङको सङ्गीत, प्रविण ढकालको रङ्ग संयोजन, नारायण रिजालको नृत्य निर्देशन, शङ्कर महर्जन र आरके श्रीको द्वन्द्व निर्देशन रहेको छ । चलचित्र युवराज गिरीले निर्माण गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार