‘परदेशी २’को ट्रेलर रिलिज

असोजको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘परदेशी २’को ट्रेलर रिलिज भएको छ ।

फिल्म रिलिजको एक साता अगाडि यसको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्मको ट्रेलरमा आमा र छोरा बिचको सम्बन्धको कथा प्रस्तुत गरिएको छ । सन्तान विदेश जाँदा आमा–बाबुले भोग्ने पीडाको कथा फिल्ममा प्रस्तुत गरिएको छ ।

फिल्ममा दिलिप रायमाझी, प्रकाश सपुत, केकी अधिकारी, प्रशान्त तामाङ, रमा थपलिया, देवेन्द्र बब्लु, वर्षा सिवाकोटी लगायतका कलाकारको अभिनय छ ।

यो फिल्ममा राजेश वंशल र नारायण रायमाझीको लगानी छ । नारायण रायमाझीको निर्देशनमा तयार भएको फिल्ममा रमेश वीजीको कथा तथा पटकथा छ ।

मानकृष्ण महर्जनले खिचेको फिल्ममा दिर्घ खड्काको सम्पादन, रामजी लामिछाने र गोविन्द राइको नृत्य निर्देशन, अष्ट महर्जनको एक्सन छ। फिल्मले गोर्खालीहरुको विरताको कथालाई पनि प्रस्तुत गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार