नेपथ्यले क्यानाडाको क्यालगरीमा नचायो प्रवासी नेपालीलाई

सहरको केन्द्रस्थित स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका विभिन्न भागबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थितिबीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट सम्पन्न भएको छ ।

सन् २०२२ मा ‘जीवन्त सहर’ (ग्लोबल लिभेबिलिटी) का लागि विश्वभरमै तेश्रो अनि उत्तरी अमेरिकाकै पहिलो बनेको क्यालगरीमा अघिल्लो दिनबाटै नेपथ्य माहोल बनेको थियो ।

स्थानीय टेलिभिजन सीबीसी लगायतका सञ्चारमाध्यममा नेपाली गीत, नेपाली गायक र नेपाली प्रस्तोताका अभिव्यक्ति आएका थि।

आइतबार बेलुकी शो सुरुअगाडि त्यसैको निरन्तरतामा हल वरपर लामवद्ध दर्शक देखिए । ती दर्शकहरु क्यालगरीसँगै अल्बर्टा राज्यकै एडमण्टन, लेथब्रिज, मेडिसिन ह्याट, ओकोटोक्स, क्यानमोर र ग्रेटनभ्याली लगायत सहर र बस्तीदेखि नेपथ्यलाई अनुभव गर्न जम्मा भएका थिए ।

निर्धारित समयअनुसार बेलुकीको ठीक ७ बजे प्यालेस थिएटरमा नेपथ्यको पहिलो भेटस्वरुप ‘सा कर्णाली’ म्यूजिक भिडियो गुञ्जिन सुरु भयो ।

दर्शकहरुबाट चर्को स्वागतकैबीच मञ्चमा नेपथ्य टोली देखापरेपछि त्यस साँझको पहिलो प्रस्तुति ‘कोशीको पानी यो जिन्दगानी’ सुनाइएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार