जोनसन एण्ड जोनसनको खोप कोरोनाको डेल्टा स्वरुप सामना गर्न सक्षम

अमेरिकी औषधी निमार्ता कम्पनी जोनसन एण्ड जोनसनले विकास गरेको कोभिड १९ विरुद्धको खोपको एक मात्रै डोज कोभिडको डेल्टा स्वरुपको सामना गर्न सक्षम भएको दाबी गरिएको छ ।

उक्त कम्पनीले विश्वभरि तीव्र वेगमा फैलिएको कोरोनाको डेल्टा स्वरुप विरुद्ध समेत जोनसन एण्ड जोनसनको एक डोज खोप प्रभावकारी देखिएको जनाएको छ । समाचार संस्था एएनआईका अनुसार कम्पनीले जोनसन एण्ड जोनसनको खोपले कम्तिमा आठ महिनासम्म शरीरमा प्रतिरोधी क्षमता सक्रिय राख्ने जनाएको छ । छोटो संख्यामा स्वयंसेवीलाई राखेर गरिएको अध्ययनमा खोप लगाएका व्यक्तिमा बेटा स्वरुपको अपेक्षा डेल्टामा प्रभावकारी देखिएको छ ।

यसअघि जोनसन एण्ड जोनसनको खोपको प्रभावकारिता सम्बन्धमा बुझाइएको प्रतिवेदनमा कोरोनाविरुद्ध ८५ प्रतिशतसम्म प्रभावकारी पाइएको दाबी गरिएको थियो । खोपको प्रभावकारिताको अध्ययन ब्राजिल र अफ्रिकी महादेशमा समेत गरिएको छ । सबैतिर उत्तिकै काम गरेको अध्ययनमा उल्लेख गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार