बालेनलाई धन्यवाद दिँदै सडक व्यवसायीहरुले निकाले र्‍याली, अभियन्ता ईः पनि सहभागी

सडक व्यवसायीहरूको व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिका तयार भएपछि आइतबार काठमाडौँमा धन्यवाद र्‍यालीको आयोजना गरिएको छ । सडक व्यवसायीहरूले रत्नपार्कदेखि काठमाडौँ महानगरपालिकाको कार्यालयसम्म प्लेकार्ड बोकेर र्‍याली गरेका हुन् ।

सडक व्यवसायीहरूले काठमाडौं महानगरपालिकालाई धन्यवाद दिँदै र्‍यालीको आयोजना गरेका छन् । अभियन्ता ई: सँगको सहमतिलाई लिएर सडक व्यवसायीहरूले महानगरलाई धन्यवाद दिएका हुन् ।

सडक व्यवसायीहरूले रत्नपार्कदेखि काठमाडौँ महानगरपालिकाको कार्यालयसम्म प्लेकार्ड बोकेर र्‍याली गरेका हुन् । सडक व्यवसायीसँग अभियन्ता ईः पनि रहेका थिए । ईः कै पहलमा काठमाडौँ महानगर सडक व्यवसायीहरूको व्यवस्थापन गर्न तयार बनेको हो । साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै उभिएर धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबिच चार बुँदे सहमति भएको थियो ।

‘सहमति र हार्दिकता स्वागत छ, सडक व्यवसाय व्यवस्थापनमा सहकार्य गर्न तयार छौं’ लेखिएको प्लाकार्डसहित उनीहरूले आइतबार प्रदर्शनसहित धन्यवाद दिएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार