नेपालमा थप २ हजार ७ सय ६० जनामा कोरोना पुष्टि, ३३ जनाको मृत्यु

कोरोनामुक्त हुनेको संख्या ६ लाख नाघ्यो

नेपालमा बिहीबार थप २ हजार ७ सय ६० जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ७ हजार १ सय ३० पिसिआर परिक्षणका क्रममा १ हजार ८ सय ५७ र ३ हजार ८ सय ५५ एन्टीजेन परिक्षणका क्रममा ९ सय ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७६ हजार ५० पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ३३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार १ सय ४५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यस्तै थप ४ हजार १७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख १४९ जना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ३३ लाख ५१ हजार २६३ वटा पिसिआर र १ लाख ९२ हजार ६६६ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार