सोमबार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य पाँच रुपैयाँले बढ्यो

नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुनको मूल्य आज १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले बढेर एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार

You cannot copy content of this page