तारा एयरको पोखरा-जोमसोम नियमित उडान सुरु

तारा एयरले प्रतिकुल मौसम सँगै बन्द भएको पोखरा–जोमसोम उडान सोमबार (२५ भदौ) देखि नियमित गर्ने भएको छ ।

बिस्तारै मौसम अनुकुल हुन थालेको र पर्यटक सिजन पनि सुरु हुन लागेकोले उडान नियमित हुन लागेको हो ।

जोमसोम को नियमित उडानका लागि तारा एयरले एउटा विमान पोखरामै रात्रि बिसान गर्नेछ । हालका लागि मौसम अनुकुल भए दैनिक ५ वटा उडान गर्ने गरि तालिका मिलाइएको छ । तारा एयरको उडान पोखराको पुरानो एयरपोर्ट बाटै सञ्चालन हुनेछ ।

मुस्ताङ जिल्लामा अवस्थित जोमसोम विमानस्थल समुन्द्री सतहबाट २७३६ मिटर उचाईमा रहेको छ भने यस एअरपोर्टको लम्बाई ७३९ मिटर रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार

You cannot copy content of this page