हिमालय एयरलाइन्सले थाल्यो काठमाडौं-छिन्ताओ नियमित उडान

नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एयरलाइन्स्ले काठमाडौं– छिन्ताओ–काठमाडौं उडान सेवाको उद्घाटन गरेको छ । निजी क्षेत्रको वायुसेवा कम्पनीले आइतबारदेखि काठमाडौंबाट चिनियाँ सहरमा नियमित उडान सुरु गरेको हो ।

हवाई सेवा विस्तारलाई एयरलाइन्सले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवर्धन गर्ने एयरलाइन्सले जनाएको छ ।

नयाँ रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको रमणीय परिदृश्य, समृद्ध सांस्कृतिक सम्पदा र आर्थिक महत्वका लागि परिचित सहरको बीचमा सहज यात्राको विकल्प प्रदान कम्पनीले जनाएको छ ।

एयरलाइन्स्ले हरेक आइतबार उडान सञ्चालन गर्ने छ । हिमालयनको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ः१५ मा प्रस्थान गरेको थियो ।

छिन्ताओकोे जियाओडोङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझ ५ः२२ बजे उक्त अवतरण गर्ने तालिका छ ।

उडान अवधि ५ घण्टा ५० मिनेटको रहनेछ । पहिलो उडानमा कूल यात्रु संख्या एक सय थिए ।

उडान सुरु गराउँदै मन्त्री किरातीले हिमालय एअरलाइसको काठमाडौं– छिन्ताओ–काठमाडौं उडानले दुई देशबीचको सम्बन्धलाई मजबुत बनाउने प्रतिबद्धताको उदाहरण भएको बताए ।

उनले दुई देशबीचको पर्यटन र व्यापारको सम्भावना अपार रहेको हुँदा यो उडान सेवाले त्यस तर्फ निर्णायक भूमिका निर्वाह गर्ने बताए ।

‘हिमालय एअरलाइन्स्ले उल्लेखनीय चिनियाँ पर्यटक नेपाल भित्र्याउने विश्वास लिएको छु र यसै अवसरमा म छिन्ताओ बासीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिन चाहन्छ,’ किरातीले भने ।

चिनियाँ राजदूत चेङ सोङले काठमाडौं–छिन्ताओ–काठमाडौँ उडान सेवाको आरम्भ नेपाल–चीनबीचको बढ्दो सहयोगको प्रमाण रहेको बताए ।

‘चीनले नेपालको हवाई पूर्वाधार विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । यस नयाँ रुटले नेपालको उड्डयन उद्योगमा नयाँ गति ल्याउनेछ र नेपललाई भूपरिवेष्ठितबाट भू(जडित देशका रुपमा रुपान्तरण गर्न योगदान पुर्‍याउनेछ ,’ राजदुत सोङले भने,‘हाम्रो द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको प्रतिनिधित्व गर्नेछ। यस रुटले दुई देशबीचको मित्रता र सहयोगमा महत्वपूर्ण योगदान पुर्‍याउने कुरामा विश्वस्त छु ।’

हिमालय एयरलाइन्सका अध्यक्ष एनयोङले दुई देशबीचको कनेक्टिभिटी, सांस्कृतिक आदानप्रदान, पर्यटन र व्यापार अभिवृद्धिमा भूमिका निर्वाह गर्ने बताए ।

हिमालय एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले हिमालयको मुख्य लक्ष्य चीनका विभिन्न १० पर्यटन क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख पर्यटकलाई नेपालमा स्वागत गर्ने रहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार

You cannot copy content of this page