देशका विभिन्न ठाउँमा देखिएको रोपाँईको रमाइलो

आज असार १५ राष्ट्रिय धान दिवस । देशका विभिन्न स्थानमा धान रोपाईँ गरि मनाइएको छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापा छ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।

हेरौं धान दिवसमा देशका विभिन्न ठाउँमा देखिएको रोपाँईको रमाइलो दृश्यहरु

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार