नवलपरासीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु, पुरुष घाइते

गएराति नवलपरासीमा भारतीय ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ ।

दुर्घटनामा स्कुटर चालक पुरुष सामान्य घाइते भएका छन् । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका- १३ सुन्दर बस्तिमा कोठा भाडामा बस्ने करिब ३७ वर्षीया कमला घर्ति मगर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

टाउको र छातिमा गम्भीर चोट लागेपछि उपचारको लागि उनलाई जिल्ला अस्पताल परासी लगिएको थियो । अस्पताल पुर्याउनासाथ डाक्टरले उनलाई मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा स्कुटर चालक सोही ठाउँका ५५ वर्षीय कर्णबहादुर गुरुङ घाइते भएका छन् । उनको दायाँ खुट्टा, दायाँ हातको कुममा चोट छ । उनको सामुदायिक अस्पताल भूमहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गमा पर्ने सुनवल- १२ भूमही चोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको यूपी ५५ बीटी २५४६ नम्बरको भारतीय ट्रकले सोही दिशा तर्फ जाँदै गरेको लु २६ प ९२८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि प्रहरीले ट्रक चालक भारत आजिङगढ घर भएका ३१ वर्षीय श्रवण यादवलाई पक्राउ गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार