तीन तहका सरकार एक अर्काेकाे परिपुरक – प्रधानमन्त्री

 प्रधानमन्त्री प्रचण्डले तीन तहका सरकार एक अर्काेकाे परिपुरक भएकाे बताएका छन् । विश्वका उत्कृष्ट संविधान जस्तै नेपालकाे संविधान पनि उत्कृष्ट रहेकाे उनले बताए । प्रदेश सरकार जिम्मेवार भई काम गर्न आग्रह गरेका छन ।

कर्णालीकाे समस्य नजिकबाट नियालेकाे कुरा बताउँदै प्रधानमन्त्री प्रचण्डले  कर्णालीले उठाएका सबै मुद्दामा सहमत भएकाे समेत बताए । कर्णाली एक सभ्याता भएकाे उनले बताए । कर्णाली सधैँ  आफ्नाे प्राथमिकतामा रहेकाे उनकाे भनाइ छ ।

कर्णालीकाे सबै खालका सडक निर्माण गर्न पहल जारी राखेकाे बताएका उनले चीन भ्रमणकाे समयमा केही सडककाे बारेमा कुरा हुने बताए । कर्णाली प्रदेश स्थापना दिवसकाे अवसरमा आयाेजत कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित ऊर्जामन्त्री शक्ति बस्नेत , मुख्यमन्त्री राजकुमार शर्मालगायतका मन्त्रीहरुकाे सहभागिता रहेकाे छ ।

प्रतिपक्ष दलका नेता यामलाल कँडेलले कर्णाली करिडाेर र भेरी करिडाेरमा दुई लेनकाे सडक निर्माण गरे कर्णाली समृद्धिकाे एक ढाेका खुल्ने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार