प्रधानमन्त्री प्रचण्डले गरे राेममा ओलम्पिक रङ्गशालाको अवलोकन (फोटो फिचर)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिकको रोमा’को अवलोकन गरेका छन् । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले बिहीबार ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गरेका हुन् ।

सो रङ्गशालामा ७० हजार दर्शक अट्ने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले खेलाडी आउने जाने मार्ग, प्यारापिट, खेलपछि आयोजना गरिने पत्रकार सम्मेलन कक्ष, रङ्गशाला सञ्चालक क्रममा प्रयोग गरिने सबै क्षेत्रको अवलोकन गरेका थिए । अवलोकनका क्रममा उनले उक्त रङ्गशालाका बारेमा अभिरुचिपूर्वक जिज्ञासा राखेका थिए ।

उनले रङ्गशालामा प्रदर्शनीमा राखिएको इटालीले प्राप्त गरेको पहिलो शिल्ड, खेलाडीका जर्सीलगायतको अवलोकन गरे । प्रधानमन्त्री प्रचण्डलाई रङ्गशालाका अधिकारीहरूले सम्पूर्ण जानकारी गराएका थिए ।

उक्त रङ्गशाला सन् १९६० देखि सञ्चालनमा आएको हो । सो रङ्गशालामा विशेष गरी फुटबल, रग्बी र एथलेटिक्सका खेलहरू हुने अधिकारीहरूले जानकारी दिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार