अल्जेरियामा बस दुर्घटना हुँदा ३४ जनाको मृत्यु

अल्जियर्स– अल्जेरियाको दक्षिणी भागमा आज बिहान यात्रुवाहक एउटा बस दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । 

राजधानी अल्जियर्सबाट करिब दुई हजार किलोमिटर पर अवीसथत तामनरासेट शहरमा यात्रुवाहक बस र औद्योगिक उत्पादन बोकेको बाहन एकआपसमा ठोक्किँदा उक्त हताहति भएको उद्धारमा संलग्न एक अधिकारीले बताएका छन् । दुई वटा सवारी साधन ठोक्किँदा बसमा आगो लागेको थियो । उद्धारकर्मीहरूले जलेका केही लाश निकालेका छन् । 

दुवै सवारी साधन द्रुतगतिमा रहेकाले उक्त दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । गत वर्ष अल्जेरियामा २३ हजार सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा तीन हजार चार सय नौ जनाको ज्यान गएको तथा ३० हजारभन्दा बढी घाइते भएको सडक सुरक्षासम्बन्धी सरकारी निकायले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार