काठमाडौँबाट धुलिखेल जाँदै गरेको बस दुर्घटना

काठमाडौंबाट काभ्रेको धुलिखेल जाँदै गरेको बस साँगामा दुर्घटना भएको छ । काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको गरेको बा ४ ख ९३९६ को बस बुधबार दिउँसो काभ्रे र भक्तपुरको सीमाना साँगाको पुलमुनि अन्दाजी २५ मिटर तल खसेको बनेपा प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि नजिकैको अस्पताल पुराइएको छ । दुर्घटनापछि घाईतेहरुको प्रहरी र स्थानीयहरुले उद्दार गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार