पहिरोले धादिङबेँसी मलेखु सडक अवरुद्ध

जिल्ला सदरमुकाम धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेँसी मलेखु सडक पहिरोले अवरुद्ध भएको छ । नीलकण्ठ नगरपालिका–८स्थित च्याडु घुम्ती नजिकै सडक माथिबाट खसेको पहिरोले दिउँसो १२ः३० बजेखदेखि सडकको दुवैतर्फ अवरुद्ध बनाएको हो ।

अहिले त्यस क्षेत्रमा सवारीसाधनको आवागमन पूर्णरूपमा ठप्प भएको छ । घुम्ती कटेर सडक चौडा गरेको स्थानमा कमजोर बनेको जमिन भासिएर खसेको स्थानीयवासीले बताएका छन् । पहिरोले ठूल्ठूला ढुङ्गा र रुखसमेत खसालेकाले तत्काल बाटो खुलाउन कठिन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो खसेको ठाउँ उकालो र साँघु घुम्तीसँगै भएकोले जोखिम बढेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार