बझाङमा एमालेले बढायो कांग्रेससँगको मतान्तर

प्रदेश सभा सदस्य चयनका लागि बझाङ १ (१) मा भएको उपनिर्वाचनको मत गणना जारी छ। जहाँ नेकपा एमालेका दमनबहादुर भण्डारीले मतान्तर बढाएका छन्।

सार्वजनिक पछिल्लो विवरण अनुसार भण्डारी १० हजार ५६१ मतसहित अग्रस्थानमा छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १० हजार ४७० मतसहित भण्डारीलाई पछ्याइरहेका छन्। उनीहरुबीचको मतान्तर ९१ छ।

नेकपा माअ‍ोवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ७३० मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४६० मत ल्याएका छन्।

तलकोट गाउँपालिका मत गणना अन्तिम चरणमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार