२१ वर्षीय सन्देशले गरे सौतेनी आमाको हत्या

इलामको माई नगरपालिका २ दिपुडाँडामा एक महिलाको हत्या भएको छ ।

आइतबार राति करिब ११ बजे आमा ३१ वर्षीया नेत्र माया खवासको धारिलो हतियार प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उनको हत्या गरेको आरोपमा सौतेनी छोरा पक्राउ परेका छन् ।

राति ११ बजे मादक पदार्थ सेवन गरेर घर आएका २१ वर्षीय सन्देश दियालीले घरायसी विवादको क्रममा आफ्नै सौतेनी आमाको हत्या गरेको प्रहरीको दाबी छ ।

धारीलो हतियार बाम्फोकले शरीरको विभिन्न भागमा प्रहार गर्दा खवासको दाहिने हात पूर्ण रुपमा छिनेको थियो भने टाउकोमा समेत गम्भीर चोट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी चौकी दानबारीबाट खटिएको टोलीले हत्यामा संलग्न रहेको आरोपमा दियालीलाई धारीलो हतियारसहित पक्राउ गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार