प्रकाश सपुत र कुशुम शर्माको अभिनयमा ‘माया गरिदेउ’

गायक प्रकाश सपुतको अभिनय रहेको ‘माया गरिदेउ’ बोलको गीत सार्वजनिक भएको छ । निशान भट्टराई र जेनिसा गौत्तमको स्वरमा रहेको ‘माया गरिदेउ’ बोलको गीत शुक्रबार साँझ सार्वजनिक भएको हो ।

जीवन भण्डारीको शब्द रहेको उक्त गीतमा सुवास भुषालको संगीत र उदय राज पौडेलको एरेन्ज रहेको छ । प्रकाश सपुत र कुशुम शर्माको अभिनय रहेको उक्त गीतको भिडियो मान सिंह मर्हजनले छायांकन गरेका हुन् ।

सुनिल विश्वकर्माको निर्देशनमा तयार भएको गीतको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार