‘ग्लोबल मनि विक’ को अवसरमा गण्डकी प्रदेशमा प्रभु बैङ्कका कार्यक्रम 

‘ग्लोबल मनि विक’ को अवसरमा प्रभु बैंकले देशभरका शाखा कार्यालयमार्फत वित्तीय साक्षरता तथा जागरणसँग सम्बन्धित विभिन्न कार्यक्रम गरेको छ । आइतबार गण्डकी प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयहरू बाट ‘प्लान योर मनी प्लान योर फ्युचर ’ भन्ने नाराका साथ मुस्ताङ, म्याग्दी, गारोखा र मनाङमा कार्यक्रम गरेको हो । जिल्लाका लोमान्थाङ, सिबाङ्ग, तुम्सिका, तिमाङ लगायतका स्थानमा विभिन्न कार्यक्रममार्फत वित्तीय साक्षरता तथा जागरणका कार्यक्रम गरेको प्रभु बैंकले जानकारी दिएको छ ।

अघिल्ला वर्षजस्तै यो वर्षको ग्लोबल मनी विकका अवसरमा ८० भन्दा बढी स्थानमा कार्यक्रम गरेको बैङ्कका गण्डकी प्रदेश प्रमुख राजु रानाले बताए । कार्यक्रममार्फत विवेकपूर्ण तरिकाले पैसाको प्रयोग गर्न सक्ने ज्ञान र सीप बढाउने, अल्पकालीन र दीर्घकालीन वित्तीय लक्ष्य निर्धारण गर्न सिकाउने कार्य भएको छ ।

साथै उपयुक्त वित्तीय सेवाहरू छनौट र प्रयोग गर्न  सक्ने क्षमता विकास गर्ने, भविष्यमा आउन सक्ने जोखिमहरूका लागि तयारी वा योजनाबारे ज्ञान र सिप प्रदान गर्ने समेत कार्यक्रम महत्त्वपूर्ण रहेको प्रमुख व्यवसायीक अधिकृत शान्ति शेरचनको भनाई छ ।

विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्त्वका सम्बन्धमा जागरण ल्याउने उद्देश्यले वार्षिक रूपमा मनाइने अभियान हो । यो सप्ताह हरेक वर्ष ‘अर्गनाईजेशन अफ इकोनमिक’ को अपरेशन एन्ड डेभलपमेन्ट को आयोजना तथा नेपाल राष्ट्र बैङ्कको संयोजनमा मनाइने गरिन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार