आइएमई पेको नयाँ अफर – ५ को ५ बाट अब ईयरबड्स जित्ने मौका

आइएमई ग्रुपअन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले ५ को ५नामक नयाँ अफर सार्वजनिक गरेको छ ।
चैत्र १ देखि १५ गते सम्म चल्ने यस अफरमा ग्राहकहरुले विभिन्न माध्यम, जस्तै लिङ्क गरेको बैङ्कको खाताबाट, एम–बैङ्किङ वा इ–बैङ्किङबाट, डेबिट÷क्रेडिट कार्डबाट रेमिटेन्स प्राप्त गर्दा र आइएमई पे वालेटबाट आइएमई पे वालेटमा कम्तीमा ५ पटक पैसा लोड गर्दा ५ जना भाग्यशाली विजेताहरुले सामसुंंग ग्यालेक्सी बड्स २ जित्ने मौका पाउनेछन् ।

यसका साथै, हरेक दिन कम्तीमा १ पटक सोही माध्यमहरूबाट आइएमई पे वालेटमा पैसा लोड गर्दा १ जनाभाग्यशालीविजेताले रु. १००० जित्ने मौका पनि पाउने जनाइएको छ । सो रकम विजेताको वालेटमा लोड हुनेछ ।

यो अफर ग्राहक वर्गलाई विद्युतीय माध्यमबाट भुक्तानी गर्न प्रेरित गर्दै वालेटमा क्यास इनअर्थात लोड मनी गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ गरिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार