बुधबार थप ४ हजार ३ सय ४४ जनामा कोरोना पुष्टि, ८१ जनाको मृत्यु

नेपालमा बुधबार थप ४ हजार ३ सय ४४ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको पिसिआर परिक्षणका र न्टीजेन परिक्षणका क्रममा ४ हजार ३ सय ४४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ६५२ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ८१ जनाको मृत्यु भएको छ भने हालसम्म ८ हजार १७९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यस्तै थप ५ हजार ७ सय ६८ संक्रमित निको भएका छन् । योसँगै नेपालमा ५ लाख १० हजार २९८ जना संक्रमित निको भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार