मन्त्रालय बाँडफाँड गर्न उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

काठमाडौं – उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज (सोमबार) साँझ ५ बजे बस्ने भएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजकसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएपछि संयन्त्रको बैठक बोलाइएको हो ।

संयन्त्रमा सत्ता साझेदार दलका अध्यक्षहरू सदस्य रहेका छन्। बैठक ५ बजे बस्ने एमाले उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। उनका अनुसार उच्चस्तरीय संयन्त्रले मन्त्रालय बाँडफाँडलगायत सहमति हुन बाँकी सबै विषय टुंगो लगाउने छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार