आजको मौसम :तराईमा हुस्सु/कुहिरो र शितलहर

काठमाडौँ: देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागहरूमा हुस्सुरकुहिरो शितलहर लागिरहेको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ।

न्यून चापीय प्रणालीको सामान्य प्रभावले राती पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागहरूको मौसम सामान्यतया सफा रहनेछ।हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार