प्रधानमन्त्री भेट्न महन्थ र राजेन्द्र बालुवाटारमा, सरकारमा सहभागी हुँदै

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

भेटमा सरकारमा सहभागीताको विषयमा छलफल भएको स्रोतले जनाएको छ । अहिले प्रधानमन्त्री ओली र नेताहरू ठाकुर र महतोबीच छलफल भइरहेको छ । सोमबारको भेटमा मन्त्रालय बाँडफाँटमा केन्द्रित हुने स्रोतले जनायो । जसपालाई ८ मन्त्रालय दिने समझदारी यसअघि नै भइसकेको छ ।

स्रोतका अनुसार ८ मन्त्री र दुई राज्यमन्त्री बन्ने गरि जसपाको ठाकुर पक्ष एमाले नेतृत्वको सरकारमा सहभागी हुँदैछ । सांसद नरहेका सात जनालाई फेरि मन्त्री बनाउन नहुने सर्वोच्च आदेशपछि अहिले सात मन्त्रालय खाली छन् । रक्षा मन्त्रालय पनि प्रधानमन्त्री ओली आफैले राखेका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार