सन्दीपलाई मेडिकल परीक्षणका लागि अस्पताल लगियो

राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई मेडिकल परीक्षणका लागि अस्पताल लगिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर सन्दीपलाई प्रहरी वृत्त गौशाला लगेको थियो । त्यहाँबाट अस्पताल लगिएको र आफूले भेट्न नपाएको उनका अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिएका छन् । उनका अनुसार मेडिकलको लागि करिब डेढ घण्टा लाग्ने छ ।

कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो । आफू आज स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका थिए । उनी विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । उनले नाबालिगलाई भक्तपुरको चाँगुनारायण नगरपालिका(८ सुडालस्थित बोजिनी रिसोर्टमा दुई घण्टा राखेको भेटिएको छ ।

भदौ ५ मा सन्दीपले आफूलाई नगरकोटस्थित विभिन्न होटलमा घुमाएर फर्केपछि राति एयरपोर्टस्थित होटेल ‘काठमाडौं इन’मा लगेर पटक(पटक बलात्कार गरेको १७ वर्षीया नाबालिगको आरोप छ । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ । बलात्कार आरोपमा सन्दीपलाई पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ ।

त्यस्तै भदौ २३ मा उनलाई नेपाल क्रिकेट सङ्घ ९क्यान० ले कप्तानबाट निलम्बन गरेको थियो । क्रिकेट सङ्घले निलम्बन गरेपछि सन्दीपले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत आफू निर्दोष रहेको भन्दै कानुनी लडाइँ लड्ने बताएका थिए ।

यस्तै यता लामिछानेलाई अध्यागमनले कालोसूचीमा राखेको छ। पक्राउ पुर्जी जारी भएपछि अध्यागमनले उनलाई कालोसूचीमा राखेको हो । उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार