पत्नीको हत्या अभियोगमा ६७ वर्षीय वृद्ध कारागार चलान

धारिलो हतियार प्रहार गरी ६४ वर्षीया पत्नीको हत्या गरेको आरोपमा पक्राउ परेका सर्लाहीका एक वृद्ध कारागार चलान भएका छन् ।

बागमती नगरपालिका-२ सितलनगर निवासी ६७ वर्षीय हेमबहादुर बस्नेतल पुर्पक्षको लागि कारागार चलान भएका हुन् । बस्नेतले गएको चैत २३ गते ६४ वर्षीया पत्नी विष्णु कुमारी बस्नेतको हत्या गरेको अभियोग छ ।

टाउको हात तथा शरीरका विभिन्न भागमा खुकुरी प्रहार भएपछि शक्त घाइते भएकी विष्णुको उपचारको क्रममा मृत्यु भएको थियो ।

पत्नीलाई धारिलो हतियार प्रहार गरेर फरार भएका हेमबहादुरलाई प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थित गराएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए ।

वैशाख १७ गते जिल्ला सरकारी वकिल कार्यालय सर्लाही मार्फत् जिल्ला अदालत सर्लाहीमा पेस गर्दा उनलाई पुर्पक्षको लागि करागार पठाउनले आदेश भएको गिरीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार