‘अमेरिका मेरो बुढा छ’ तीज गीत सार्वजनिक (भिडियाे)

काठमाडाैँ-  नेपाली महिलाहरुको महान पर्व तीज नजिकिँदै गर्दा दिन–दिनै नयाँ तीज गीतहरू सार्वजनिक हुने क्रम जारी छ ।

यस्तैमा जया देवकोटा र रेजीना परियारको स्वर रहेको तीज गीत ‘अमेरिका मेरो बुढा छ’ सार्वजनिक भएको छ । रोमान्टिक शैलिको तीज गीतमा विपिन केसीको शब्द, जया देवकोटाको संगीत, कृष्ण केसीको एरेञ्ज छ ।

भिडियोमा शंकर बिसी र उषा सुवेदीको अभिनय देख्न सकिन्छ । मदन खड्का र शिवजी क्षेत्रीको कोरियोग्राफी, अनिल रानाको सम्पादन रहेको भिडियो मदन खड्काले निर्देशन गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार