इथियोपियामा दर्जनभन्दा बढी पत्रकार पक्राउ

इथियोपियामा अपराधविरोधी अभियानलाई साथ दिएको आरोपमा कम्तीमा एक दर्जनभन्दा बढी पत्रकार पक्राउ परेका सञ्चारकर्मी तथा अधिकारकर्मी समूहले शुक्रबार बताएका छन् ।

अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेर्दै आएको उक्त धरपकडमा अपराध विरोधी अभियानमा सम्लग्न चार हजारभन्दा बढी मानिसहरूलाई पक्राउ गरी कडा सुरक्षा नियन्त्रणमा राखेको पत्रकार तथा अधिकार समूहहरूले बताएका छन् । पछिल्लो समय अभियानबारे समाचार लेखेको आरोपमा पत्रकारहरूलाई पनि निसाना बनाइएको रिपोर्ट गरिएको छ ।

हालैको गिरफ्तारीमा अम्हारिक भाषाको पत्रिका ‘फितिह’ का प्रधान सम्पादक टेमेस्जेन डेसालेगन पनि परेका छन् । उनलाई बिहीबार बिहान आफ्नो कार्यालयबाट सादा पोषाकमा आएका सुरक्षाकर्मीले पक्राउ गरेका उहाँका सहकर्मी मिस्गन जिनाबुले एएफपीलाई बताए ।

“सुरुमा त उनीहरूले टेमेजनलाई स्थानीय प्रहरी चौकीमा लगे । सुरक्षा बलले उहाँलाई पछि गोप्य स्थानमा सारेको छ ।” उनलाई कहाँ राखिएको भन्नेबारे कुनै जानकारी आएको छैन । प्रहरीले बिहीबार टेमेस्जेनको घरमा पनि आक्रमण गरेका पत्रिका, डिस्क ड्राइभ र क्यामेरा जफत गरेका बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार