‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक

दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म ‘चिसो मान्छे’को ट्रेलर रिलिज भएको छ । कर्णालीको जीवनसंघर्ष, रहनसहन, श्रीमान् वैदेशिक रोजगारीमा गएपछि भोग्नु परेको पीडा, उनको संघीय राजधानी काठमाडौंसम्मको यात्रा ट्रेलरमा देखाइएको छ ।

कर्णाली क्षेत्रको कथा भन्ने फिल्ममा स्वस्तिमा त्यहींको लवजमा खुलेकी छन् । ट्रेलरमा अर्पण थापा र देशभक्त खनाल पनि अटाएका छन् ।दर्शकमाझ प्रतीक्षित बनेको यो फिल्मको ट्रेलरमा फिल्मकी मुख्य कलाकार स्वस्तिमा खड्का कर्णाली ‘लुक्स’मा देखिएकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार