जुम्लाको कनकासुन्दरीमा एम्बुलेन्स दुर्घटना

जुम्लाको कनकासुन्दरीमा एम्बुलेन्स दुर्घटना भएको छ । कनकासुन्दरी गाउँपालिका ६ को दाँते ओखरमा क १ झ १५ नम्बरको कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्स आज आइतवार बिहान दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार एम्बुलेन्स दुर्घटना हुँदा तीन जना सामान्य घाइते भएका छन् । कनकासुन्दरी ६ का दलवीरे ऐडी बिरामी भइ सदरमुकाम ल्याउँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो । एम्बुलेन्स सडकबाट तल खसेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार