अमेरिकामा पुनः मंकीपक्स भाइरस भेटियो

कोरोना महामारीबाट उठ्ने प्रयास गरिरहेको समयमा अमेरिकामा पुनः मंकीपक्स भाइरस देखा परेको छ । सुरुमा बेलायतमा देखा परेको यो भाइरस अमेरिकाको टेक्ससमा पनि फैलिएको छ । सन् २००३ मा अमेरिकाको कयौं शहरमा देखा परेको यो भाइरस नियन्त्रणमा आएको थियो ।

भाइरसको संक्रमण नाइजेरियाको भ्रमणबाट अमेरिका फर्किएका व्यक्तिमा पुष्टि भएको हो । बिफरसँग मेल खाने यो भाइरसको लक्षण हात खुट्टाबाट सुरु भई शरीरभरी फैलिने गर्छ ।

यो रोगमा सुरुमा ज्वरो आउने, टाउको दुख्ने, मांशपेशी दुख्ने र पछि बिस्तारै शरीरभर पानीको फोका देखा पर्ने गर्दछ । डब्ल्युएचओका अनुसार मंकीपक्स एक सरुवा रोग भएका कारण उच्च सतकर्ता अपनाउनुपर्ने हुन्छ । अमेरिकामा मंकिपक्स पुष्टि भएका व्यक्तिलाई छुट्टै निगरानी बढाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार