बिन्दवासिनीकाे प्रमुखमा लाेसपा अगाडि, उपप्रमुखमा माओवादी

पर्साको बिन्दवासिनी गाउँपालिकाको प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टीका प्रमोद तिवारीले अग्रता लिएका छन् । ३ हजार ६४५ मतगणना हुँदा तिवारीले १ हजार ६५० मत ल्याएका छन् ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस धेरै मतले पछि परेको छ । कांग्रेसका बिबेक कुमार चौरसियाले ८३४ मत ल्याएका छन् भने नेकपा एमालेका ग‍म्भीरा साह तेलीले ५९१ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपम्रखुमा भने नेकपा माओवादी केन्द्रकी सुनिता चौरसियाले ७९३ मत ल्याएर अगाडि छिन् । उनी सहिद मुकेश चौरसियाको श्रीमतीसमेत हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार