नेपाल पत्रकार महासंघ कपिलवस्तुद्वारा ५ बेडको आइसोलेशन सेन्टर तयार

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले आफ्नै भवनभित्र ५ बेडको आइसोलेशन सेन्टर तयार पारेको छ ।

केन्द्रको निर्देशन बमोजिम लुम्बिनी प्रदेश समितिको पहलमा अक्सिजन, स्वास्थ्यकर्मी र औषधी सहितको आइसोलेसन सेन्टर तयार पारिएको नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले जानकारी दिए ।

यसका लागि तोलिहवा अस्पतालले आवश्यक स्वास्थ्य सामग्री अषधी र कपिलवस्तु नगरपालिकाले आर्थिक सहयोग गरेको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार