प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । ओलीले दिउँसो ३ः३० बजे समसामयिक विषयमा सम्बोधन गर्न लाग्नु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

पछिल्ला केहीदिनयता नेपालमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढेको छ र स्वास्थ्य मन्त्रालयले संक्रमितको उपचारका लागि अस्पतालमा बेड उपलब्ध गराउन नसक्ने भनिसकेको छ । कोरोना महामारी नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार