काठमाडौं उपत्यकामा १६ गतेबाट निषेधाज्ञा लगाउन प्रस्ताव

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बसिरहेको छ । कोरोना संकट व्यवस्थापन केन्द्र सिसीएमसीले पाँच सयभन्दा बढी कोरोना संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन सिफारिस गरेपछि काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओ छलफलमा जुटेका हुन् । बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने छ ।
यस्तै काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने तयारी गरिएको छ । यही वैशाख १६ गतेबाट निषेधाज्ञा लागु गर्ने प्रस्तावबारे छलफल भइरहेको छ ।

यस्तै बैठकमा सार्वजनिक यातायात बन्द गर्ने, सपिङ मल, रेष्टुरेन्ट समेत बन्द गर्ने बारेमा समेत छलफल भइरहेको छ। सरकारले यसअघि नै ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा लकडाउन गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।

यसैबीच काठमाडौं, ललितपुर र भक्तपुरको जिल्ला प्रशासन कार्यालयमा आजदेखि अत्यावश्यकबाहेक काम नहुने भएको छ। कोरोना जोखिम रहेकोले भिडभाड कम गर्न अत्यावश्यकबाहेक काम बन्द गरिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार