नेपाल सुपर लिग: बुटवल लुम्बिनी एफसीको विजयी सुरुवात

बुटवल लुम्बिनी एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा पोखरा थन्डर्स एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै बुटवल लुम्बिनीले सुखद सुरुवात गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुटवललाई जित दिलाउन अर्मान्ड बेडुमले एक गोल गरे । यस्तै बुटवलले एक गोल आत्मघाती उपहार पाएको थियो । यस जितसँगै बुटवलले पहिलो खेलमा ३ अंक जोडेको छ । पोखराले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

यसअघि आइतबार नै भएको पहिलो खेलमा विराटनगरले धनगढी एफसीमाथि ३–० को जित निकालेको थियो । प्रतियोगिता अन्तर्गत सोमबार एक खेल हुनेछ । सोमबार ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार